बागमतीमा १२ सांसदले छाडे एमाले
२०७८ भदौ १५ गते

काठमाडौँ । बागमती प्रदेशका १२ जना प्रदेश सभा सदस्यले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)मा लागेका छन् ।
सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ जना प्रदेश सभा सदस्यले मंगलबार नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेर निर्वाचन कार्यालयमा सनाखत गरेका हुन् ।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भई सनाखत गर्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, लक्ष्मण लम्साल, रमा आले मगर, माधव पौडेल, बसुन्धरा हुमागाईं, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ छन् ।
९२ सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एकजना सांसद छन् ।
२०७८ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित









