नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए

काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक बिहानैदेखि अवरूद्ध भएको छ । नागढुंगाबाट झण्डै पाँचसय मिटर तल चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

नागढुंगा प्रहरीकाअनुसार पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेको छ । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ । सडक सुचारु हुन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

यसअघि आइतबार बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको थियो । हिजो पहिरो गएकै ठाउँमा आज बिहान पुनः पहिरो गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =