ज्योति लाइफले बीमा अभिकर्ता तालिम दिने
मकालु खबर
२०७८ साउन २० गते
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एसएलसी वा एसईई अथवा सोभन्दा माथिको शैक्षिक योग्यता भएका व्यक्तिहरुको लागि देशभरका शाखा तथा उपशाखामा तीन दिने जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागिएको जनाएको छ ।
तालिमको बारेमा सम्पूर्ण जानकारी कम्पनीको वेभसाइट www.jyotilife.com/trainning/ मा राखिएको जनाएको छ । अथवा ईच्छुक व्यक्तिहरुलाई कम्पनीको विभिन्न शाखा तथा उप -शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
मकालु खबर
२०७८ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित