काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थप
२०७८ साउन १९ गते

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञालाई एकसाता लम्ब्याइएको हो ।
मंगलबार आदेश जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याइएको जनाएको छ ।
उपत्यकाका तीनै जिल्ला (काठमाडौं‚ ललितपुर र भक्तपुर) प्रशासनका प्रमुखहरूको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय, कोभिड-१९ साट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २७ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको काठमाडौं प्रशासनले जारी गरेको सूचनामा बताइएको छ ।

२०७८ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित









