कुमारी बैंकद्वारा अक्सिजन प्लान्टलाई ३ लाख सहयोग
मकालु खबर
२०७८ साउन १९ गते
काठमाडौँ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ (तीन) लाख रुपैयाँ सहयोग गरेको छ ।
एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राज कुमारी चौधरीलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो ।
विगत ३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्वअन्तर्गत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका शाखा प्रमुख अमित झाले जानकारी दिएका छन् ।
बेलका नगर प्रमुख दुर्गाकुमार थापाले कुमारी बैंक बेलका शाखालाई धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए ।
बैंकले देशभर रहेका १९४ शाखा, १६५ एटिएम, १३ एक्टेनसन काउन्टरलगायत २८ वटा शाखारहित एकाईमार्फत अत्यधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
मकालु खबर
२०७८ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित