कार्यकर्तालाई भुलभुलैयामा नराख्न शेखरको आग्रह
मकालु खबर
२०७८ साउन १६ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्तालाई नभुलाउन पार्टी शीर्ष नेताहरुसँग आग्रह गरेका छन् । कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको कार्यक्रममा नेता कोइरालाले कार्यकर्तालाई भुलभुलैयामा पार्न नहुनेमा जोड दिएका हुन् । ‘सभापतिजी र पदाधिकारीलाई मेरो विनम्र आग्रह छ,’ कोइरालाले भने, ‘सोझा कार्यकर्तालाई भुलभुलैयामा नराख्नुस् ।’
क्रियाशील सदस्यता छानविन समितिबाट बिबाद मिलाउने जिम्मा अब सभापति देउवा, बरिष्ठ नेता पौडेल र नेता सिटौलाको हातमा आइपुगेकाले उनीहरुले न्याय गर्नुपर्ने नेता कोइरालाको भनाइ छ । नेता कोइरालाले थपे ‘भदौ २३ भित्र महाधिवेशन गर्न नसके दल असंवैधानिक हुने अवस्थामा पुग्छ । सहमतिमा महाधिवेशन गरेर पदाधिकारी सङ्ख्या बढाउने कुरा पनि सुनिन्छ । एक वर्ष/ दुई वर्ष अवधि बढाउने चर्चा शीर्ष नेताको मुखबाट सुनिएको छ,’ उनले भने, ‘अवधि बढाएर मलाई कुनै पद दिए पनि म त्यो स्वीकार्दिनँ ।’
वडा अधिवेशनको प्रक्रिया सुरु गरेर केन्द्रीय महाधिवेशन यति समयभित्र गर्ने भनी निर्वाचन आयोगलाई पत्र पठाउनुपर्ने नेता कोइरालाको भनाइ थियो ।
मकालु खबर
२०७८ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित