थप २०५० जना कोरोनामुक्त‚ २२३७ मा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टायता थप २ हजार ५० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै देशभर कोरोनामुक्त हुनेहरूको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ ।

त्यस्तै सोही अवधीमा २ हजार २३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार देशभर गरिएको १० हजार ५६९ पीसीआर र ३ हजार २६५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ । गएको २४ घण्टायता १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ७१३ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *