सदन र सडकको कम्युनिष्टबीच तालमेल बन्नुपर्‍यो : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सदनको कम्युनिष्ट र सडकको कम्युनिष्टबीच तालमेल गर्नेबेला भएको बताएका छन् । शुक्रबार (आज) पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषय प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले यस्तो बताएका हुन् । ‘अब कम्युनिष्टहरुले एउटा काम गर्नुपर्यो,’ वैद्यले भने— ‘सडकको कम्युनिष्ट र सदनको कम्युनिष्टले तालमेल मिलाएर क्रन्तिकारी बन्नुपर्यो ।’

डबल कम्युनिष्टको सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको स्मरण गर्दै वैद्यले भने— ‘कम्युनिष्टले कम्युनिष्टलाई यस्तो गर्ने अवस्था नबनोस् । अब दुवैतिरको कम्युनिष्टहरु एक हुने बेला आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =