योजना आयोगका उपाध्यक्षसहित पदाधिकारीद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहति पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । उपाध्यक्ष डा. पुष्पराज कँडेल र सदस्यहरु डा. कृष्णप्रसाद ओली, उषा झा, मीनबहादुर शाही, दिलबहादुर गुरुङ, रामकुमार फुँयालले राजीनामा दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ वैशाखदेखि राष्ट्रिय योजना आयोगमा नियुक्त गरेसँगै उनीहरुले पदबाट राजीनामा दिएका हुन् । ओली सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएपछि यसअघि आयोगबाट सदस्य रहेका सुशील भट्टले राजीनामा दिएका थिए ।

गत जेठमा पुनर्नियुक्ती पाएको डा. कँडेल नेतृत्वको टिमले आयोगमा ४० महिना काम गरेको थियो । तर, ४० मध्ये झण्डै १६ महिना आयोगले कोभिड–१९ को महामारीका बीच काम गर्नुपरेको थियो ।

उपाध्यक्ष कँडेलको नेतृत्वमा आयोगले २५ वर्षीय दिर्घकालीन रणनीतिको खाका तयार गर्ने, १५ औं आवधिक योजना बनाउने, प्रदेश तथा स्थानीय तहमा योजना बनाउन सघाउने, दिगो विकास लक्ष्यसँग सम्बन्धित दस्तावेजहरु प्रकाशित गर्ने जस्ता कार्य भएका छन् ।

जनशक्ति सर्वेक्षण, आर्थिक गणना, तथ्यांक ऐन र अनुगमन तथा मूल्यांकन ऐनको मस्यौदा तयार गर्नेलगायत काम भएका उनको नेतृत्वमा भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =