सुनको मूल्य बढ्यो, चाँदीको कति ?
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ साउन ४ गते
![सुनको मूल्य बढ्यो, चाँदीको कति ?](https://www.makalukhabar.com/wp-content/uploads/2021/06/gold-makalu-news.jpg)
काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७८ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित