सुनको मूल्य बढ्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *