हामी पनि देउवालाई विश्वासको मत दिन्छौं : महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

जसपा अध्यक्ष ठाकुरले प्रतिनिधि सभामा बोल्दै आफ्नो पार्टीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएका हुन् ।

उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टीका १८ जना सांसदले भने यसअघि नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *