राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तवय, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेकी हुन्छ ।

आइतबार विज्ञप्ति जारी गरी राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्ले शनिबार गरेको निर्णय एवं सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश खारेजी गरेको उल्लेख गरेको छ ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७८।४।३ मा प्राप्त पत्रानुसार नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८।४।२ को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम,कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको छ‚’ विज्ञप्तिमा भनिएको छ ।

गत मंसिर ३० गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न मिल्ने गरी कानून संशोधन गर्न मिल्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पनि उक्त अध्यादेश जारी गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =