राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् । बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेबमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

गत जेठ ८ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद् पुनःस्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =