वायु सेवा निगम निजीकरणको विराेधमा बाबुराम, लगाए यस्तो आरोप

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आफ्ना आसेपासे पुँजीपतिलाई वायु सेवा निगमको शतप्रतिशत सेयर स्वामित्व सुम्पन खोजेको आरोप लगाएका छन्  ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले आइतबार एक आह्वान (अपिल)पत्र जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

वर्तमान सरकारले उड्डयन व्यवसायको कुनै अनुभव नै नभएका आफ्ना आसेपासेलाई काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निगमको विभिन्न कार्यकारी पदमा नियुक्त गरेको र उनीहरुमार्फत हुने÷नहुने सबै किसिमका काम गराइरहेको आरोप लगाएका छन् ।

वायु सेवा निगमकाे ५१ प्रतिशत स्वामित्व निजीलाई दिएर पब्लिक लिमिटेड बनाउने ?

निगमलाई लिमिटेड कम्पनीमा लाने बहानामा ओली सरकारले आफ्ना आसेपासे दलाल पुँजीपतिलाई निगम नै जिम्मा लगाउने प्रपञ्च गरेको भन्दै कामचलाउ सरकारले निगमलाई दूरगामी प्रभाव पार्ने निर्णय नगर्न आह्वान गरेका छन् ।

सबै सेयर सरकारकै रहने गरी निगमलाई कम्पनी बनाउने तयारी

उनले निगमलाई कम्पनीमा नलान निगमका बहालबाला कर्मचारीले गरिरहेको आन्दोलन जायज रहेको भन्दै उनले कर्मचारीमाथिको दमब बन्द गर्न र निजीकरणको उद्देश्यबाट सरकार पछि हट्न समेत उनले आग्रह गरेका छन् ।

यस्ताे छ डा. भट्टराइकाे अपिल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =