पूर्व क्रिकेटर बार्टी बनिन् विम्बल्डन च्याम्पियन

काठमाडाैँ । विश्व नम्बर एक एश्ले बार्टीले वर्षको तेस्रो ग्रान्डसलाम टेनिस प्रतियोगिता विम्बल्डनको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा चेक रिपब्लिककी ८ औ बरियता प्राप्त क्यारोलिना प्लिसकोवालाई ६-३, ७-६, ६-३ ले पराजित गर्दै उनी च्याम्पियन बनिन् ।

१ घन्टा ५६ मिनेटसम्म चलेको खेल जित्दै बार्टीले अस्ट्रेलियालाई ४१ वर्षपछि च्याम्पियन बनाईन् । १९८० पछि कुनैपनि अस्ट्रेलियाली महिला खेलाडीले विम्बल्डनको उपाधि जितेको यो पहिलो पटक हो । ४१ वर्ष अघि अष्ट्रेलियाकी इवोनी गुलागोंग कावलीले यो उपाधि जितेकी थिइन् ।

बार्टी ब्यक्तिगत रुपमा दोस्रो पटक ग्रान्डसलाम जित्न सफल भइन् । यसअघि उनले २०१९ मा फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी थिइन् । २५ वर्षीया बार्टी पहिला क्रिकेट खेलाडी थिइन् । उनले महिला बिगबासमा ब्रिस्बेन हीट तथा क्वीसल्यान्ड फायरबाट खेलेकी थिइन् ।

२०१४ को युएस ओपन पछि उनी टेनिसबाट क्रिकेटमा लागेकी थिइन् । उनी २०१५-१६ को सिजनमा महिला बिगबासका लागि ब्रिस्बेन हीटमा छनोट भएकी थिइन् । उनी २०१६ मा पुन: टेनिस कोर्टमा फर्किएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =