थप १५६५ जना कोरोनामुक्त‚ २६३४ मा कोरोना‚ १५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर एक हजार ५६५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ९ हजार २६३ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै मंगलबार दुई हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टायता देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =