विम्बल्डन टेनिस : फेडेरर र जोकोभिच क्वाटरफाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच र अर्का उपाधि दाबेदार रोजर फेडेररले विम्बल्डन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन् । अन्तिम १६ को खेलमा जित निकालेसँगै उपाधि दाबेदार दुवै स्टारले अन्तिम आठमा स्थान बनाएका हुन् ।

३४ वर्षीय जोकोभिचले चिलीका क्रिस्टियन गारिनलाई ६-२, ६-४ र ६-२ को सेटमा जित हात पार्दै कीर्तिमानी २० औं ग्राण्डसलाम उपाधिको होडमा अघि बढे । उनी राफेल नाडाल र फेडेररको कीर्तिमानी २० ग्रान्डसलाम उपाधि बराबरी गर्ने ध्याउन्नमा छन् ।

आठपटकका विजेता स्वीस फेडेररले इटालीका लोरेन्जो सोनेगोलाई ७-५, ६-४ र ६-२ को सेटमा पराजित गरे । ३९ वर्षका फेडेररले क्वाटरफाइनलमा दोस्रो वरियताका डानिल मेड्भेडेभ वा पोल्याण्डका हुबर्ट हुर्काजसँग प्रतिस्पर्धा गर्ने छन् । उनी पनि सर्वाधिक ग्रान्डसलाम जित्ने एकल्लो खेलाडीका रुपमा अघि बढ्न चाहान्छन् ।

लगातारको वर्षाका कारण खेल रोकिन बाध्य हुँदासम्म मेड्भेडेभले ६-२, ६-७ (२-७), ६-३ र ३-४ को अग्रता लिएका थिए । जोकोभिचले हंगेरीका मार्टन फुक्सोविससँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =