मौद्रिक नीतिमा सुझाव दिँदै बैंकर्सले मागे धिताेपत्र ब्रोकर लाइसेन्स
२०७८ असार २० गते

काठमाडौं । नेपाल बैंकर्स संघले धितोपत्र बजारमा कारोबार गर्न पाउने गरी बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन माग गरेको छ । आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिप्रति सुझाव दिँदै संघले यस्तो माग गरेको हो । बैंकहरुको शाखा गाउँगाउँमा समेत विस्तार भइसकेकोले ब्रोकर लाइसेन्स दिए सहज हुने संघको भनाइ छ ।
त्यस्तै संघले बैंकासुरेन्स सेवालाई पुनः शुरु गर्न, सीआरआरलाई ५० प्रतिशत बनाउन, घर कर्जामा थप सहजिकरण गर्न, नेटएडी रेसीयो, एसएलआर, सीसीडीलगायतका प्रावधान हटाइ बासल–३ लागू गर्नसमेत माग गरेको छ ।
निषेधाज्ञा पछि चालु पुँजी जस्ता कर्जा भुक्तानीको अवधि ३ महिना थप गर्न, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न, कारोबारको छुट्टै सीमा तोक्न समेत सुझाव दिएको छ ।
यस्ता छन् सम्पूर्ण सुझाव
२०७८ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








