नागरिक लगानी कोषले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । कोषको २६ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७६/७७ को आम्दानीबाट उक्त बोनस सेयर र लाभांश दिने भएको हो ।

साधारणसभामा सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो । कोषले यो वर्ष वर्ष आफ्नै भवनमा साधारणसभा गरेको हो । कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वित्तीय अवस्थाबारे जानकारी दिएका थिए ।

उक्त जानकारी अनुसार चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले १ खर्ब ७२ अर्ब रुपैयाँ संकलन गरेको र १ खर्ब ७१ अर्ब ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगतदेखि संचालन हुँदै आएका कोष हिसाब योजना तथा पूँजी बजारसम्बन्धी सेवासमेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार पुगेको छ । खुद नाफामध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिसकेको छ । देशको पूँजी बजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरण खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =