आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरबिच बीमा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापछि शंखरापुर नगरपालिकाका रहेका कृषकले आफ्ना पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्नसक्ने छन् । नगरवासीको भौतिक सम्पत्ति, कृषकको बालिनाली, पशुपन्छी तथा कृषकको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाडौँ जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

सोही अवसरमा नगर प्रमुख श्रेष्ठले नगरवासीले बीमा गरेको पशुपन्छी वा बालिनालीको हानी नोक्सानी भए त्यसको क्षतिपूर्ति तुरुन्त पाउने भएकोले आइएमई जनरल इन्स्योरेन्समा बीमा गर्न आग्रह गरे । नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

श्रेष्ठसहित नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ न्यौपाने लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सले प्रदान भएकोले ढुक्का हुन कम्पनीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *