के कोभिड-१९ को नयाँ भेरियन्ट ‘डेल्टा प्लस’बारे विश्व चिन्तित हुनुपर्छ ?

काठमाडौं । भारतले कोरोना भाइरसको नयाँ प्रकार (डेल्टा प्लस)लाई वर्गीकृत गरेको छ‚ जसलाई पहिले यूरोपमा चिन्ताको विषयको रुपमा पहिचान गरिएको थियो । एक म्युटेसन (रुप परिवर्तन) त्यतिबेला मात्र ‘भेरियन्ट अफ इन्ट्रेस्ट’बाट ‘भेरियन्ट अफ कन्सर्न’ मा विकास हुन्छ जब यसमा छिट्टै सर्ने, बिरामीहरू गम्भीर बिरामी हुने, प्रतिरोधात्मक क्षमता घट्दै जाने, उपचार तथा खोपको प्रभावकारिता घट्दै जाने हुन्छ । कम्तिमा पनि यीमध्येको एक अवस्थामात्र देखा परेमा भाइसको रुप परिवर्तन विकास भएको मान्न सकिन्छ ।

भारतको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनले डेल्टा प्लस नामाकरण गरिएको ए वाई-१ भेरियन्ट भाइरस सजिलै र तीव्र गतिमा फैलने, फोक्सोको कोशिकामा सजिलैसँग बाँधिने खालको छ । यो भेरियन्ट मोनोक्लोनल एन्टिबडी थेरापीको प्रतिरोधात्मक छ । एन्टिबडीहरुको शक्तिशाली ‘इन्ट्रावेन्स इनफ्युज’लाई प्रभावविहीन बनाउने कार्य डेल्टा प्लसले गर्दछ ।

पछिल्लो समय भारतमा लाखौँको मृत्यु हुनेगरी फैलिएको डेल्टा भेरियन्ट गतवर्ष नै भारतमा पहिचान गरिएको थियो । गर्मी मौसमको सुरुवातदेखि नै सक्रिय देखिएको डेल्टाले संक्रमणको घातक दोस्रो छाल उत्पन्न गरायो । यो भेरियन्ट विश्वको लागि नै चिन्ताको विषय हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत अप्रिलमा भारतमा पहिलोपटक फेला परेको डेल्टा प्लस भेरियन्ट महाराष्ट्र, केरला र मध्यप्रदेशका ६ जिल्लाका २२ जनामा देखा परेको थियो । त्योमध्ये १६ जना महाराष्ट्रका थिए । त्यसैले महाराष्ट्र महामारीको दृष्टिकोणले सबैभन्दा जोखिमपूर्ण स्थल बनेको थियो ।

हाल डेल्टा प्लस भेरियन्ट भारतलगायत अमेरिका, बेलायत, पोर्चुगल, स्विट्जरल्यान्ड, जापान, पोल्यान्ड, नेपाल, रसिया, चीन र नेपाल गरी ९ देशमा फैलिएको छ । यसअघि नै अत्यधिक संक्रामक स्वभावको डेल्टा प्लस भेरियन्टको चपेटामा विश्वभरिका अन्य ८० देश परिसकेका छन् । यसरी अहिले विश्वभरी फैलिरहेको कोभिडको नयाँ भेरियन्टको नामाकरण पनि फरक फरक गरिएको छ । केन्ट र बेलायतमा पत्ता लागेको भेरियन्टलाई अल्फा, साउथ अफ्रिकामा पत्ता लागेको भेरियन्टलाई बिटा‚ ब्राजिलमा फेला परेको भेरियन्टलाई गामा र भारतमा फेला परेको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको छ ।

भाइरसमा प्रायः सबै समयमा म्युटेसन भइरहेको हुन्छ । केही उत्परिवर्तनले भाइरस स्वयंलाई नै हानी पुर्‍याउँछ । तर अधिकांश म्युटेसनले भने भाइरसलाई अझ बढी संक्रामक र घातक बनाउँछ । डेल्टा प्लस त्यस्तै घातक र चुनौतीपूर्ण छ । तर विश्वका केही प्रख्यात भाइरोलोजिस्टहरुलाई डेल्टा प्लसको लेबलिङ् र यसले ल्याएको चुनौती तथा चिन्ताको विषयमाथि प्रश्न उठाएका छन् । भाइरोलोजिस्टको भनाइअनुसार अझै त्यस्तो ठोस प्रमाण केही छैन‚ जसले भाइरसको अन्य प्रकारभन्दा डेल्टा प्लस बढी संक्रामक र घातक छ भनेर पुष्टि गर्न सकियोस् । यसमा मात्र अनुमान गरिएको छ ।

भारतकी एक भाइरोलोजिस्ट गगनदिप कंगले त्यस्तो कुनै तथ्याङ्क नभएको बताएकी छिन्‚ जसले २२ अनुक्रमको आधारमा दिनदिनै बढिरहेको चिन्ताको दायरालाई समर्थन गर्न सकोस् । गगनदिपले अहिलेको अवस्था र नयाँ भेरियन्ट साँच्चै चिन्ताजनक छ/छैन विचार गर्न र पत्ता लगाउन बायोलोजिकल र क्लिनिकल दुवैसम्बन्धी ज्ञान र अध्ययन आवश्यक पर्ने बताएकी छन् । यसको मतलब भारतलाई यो भेरियन्ट उपलब्ध भ्याक्सिनबाट निर्माण हुने एन्टिबडीहरु वा कोभिडको नयाँ भेरियन्टको संक्रमण इन्टर्बडीजद्वारा तटस्थ छ/छैन भनेर निर्धारण गर्न थप तथ्याङ्क आवश्यक छ । जति छ‚ त्यो पर्याप्त छैन । साथै नियमित परिक्षणहरुले संक्रमणदर बढेको, डाइग्नोस्टिक विफलताहरुले नयाँ भेरियन्टलाई लिँदैन ।

नयाँ भेरियन्ट बिरामीको अधिक गम्भीर अवस्थाको कारण हो/होइन थाहा पाउन विस्तृत डेटा आवश्यक छ । डेल्टा प्लस भेरियन्टमा कोरोना भाइरस स्पाइकमा (के४१७एन) भन्ने अतिरिक्त उत्परिवर्तन हुन्छ‚ जुन बिटा र गामा भेरियन्टमा पनि फेला परेको छ । यो सबैभन्दा पहिले दक्षिण अफ्रिका र त्यसपछि ब्राजिलमा देखा परेको थियो । यसमध्ये बिटाबाट दक्षिण अफ्रिकामा धेरैको ज्यान गएको थियो भने गामा अत्यन्त धेरै संक्रामक भएको पुष्टि भएको थियो । लुइसियाना स्टेट युनिभर्सिटीका डाक्टर जेरेमी कामिलका अनुसार डेल्टा प्लसको १६६ उदाहरणहरु‚ जुन जिआईएसआइडीमा सेयर गरिएको छ, एक वैश्विक खुला साझेदारी डाटाबेसको आधारमा यो मूल डेल्टा भाइरसभन्दा बढी खतरनाक हो भनेर विश्वास गर्ने कुनै कारण नभएको बताउँछन् ।

कामिलले डेल्टा प्लसले महामारीको क्रममा पहिले संक्रमित भएका, कमजोर, अपूर्ण खोप प्रतिरोधी क्षमता भएका व्यक्तिहरुमा संक्रमण फैलाउन सफल हुनसक्ने बताए । कामिलले भारत र विश्वका अरु कुनै पनि देशले डेल्टाभन्दा डेल्टा प्लस बढी जोखिमपूर्ण छ भनेर किटान गर्न आवश्यक पर्याप्त तथ्य संकलन नगरेकाले यत्तिकै घातक छ भन्ने नमिल्ने बताए । तर जिनोम सिक्वेन्सीमा संलग्न २८ भारतीय प्रयोगशालामध्येको एक सिएसआईआर जिनोमिक्स एन्टिग्रेटिभ बायोलोजीका निर्देशक डाक्टर अनुराग अग्रवालले भने डेल्टा भाइरसको सबै अंश चिन्ताको विषय भएको बताएका छन् । अग्रवालले डेल्टा प्लसको लेवलिङ्ग असमान्य भएको समेत बताएका छन् ।

तर कामीलले भने अहिले पनि त्यस्तो चिन्ता र त्रास मान्नुपर्ने केही नरहेको बताएका छन् । स्वास्थ्य उपायलाई सुदृढ नपारी र होसियारीपूर्वक जाँच, खोजी गरेर एक सूचक ननिकालेसम्म त्रास फैलाउनु नहुने बताए । कामीलले भारतले बढी प्रतिक्रिया दिएको समेत बताए । विश्वका अधिकांश वैज्ञानिकहरुले भारतमा अप्रिल र मेमा कोभिड संक्रमण उकालो लाग्ने भेरियन्टका लागि पर्याप्त नमूनाहरु संकलन गरेका थिए । अब डेल्टा प्लस भेरियन्टबारे चिन्तित हुनुभन्दा पनि अनुसन्धान र अवलोकन गर्नु जरुरी भएको कामिलको भनाइ छ । –बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *