बाबुरामको प्रश्न- जेठ ३ मा फर्केपछि ओलीका भ्रष्टाचार र राष्ट्रघात माफ हुन्छन् ?

काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेजनप्रति प्रश्न तेर्स्याएका छन् । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा लैजान तयार भएको घोषणा गरेपछि बाबुरामले प्रश्न गरेका हुन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए । यहि विषयमा टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत एमालेजनप्रति प्रश्न गर्दै ओलीको भ्रष्टाचार र राष्ट्रघात माफ गर्न नहुने संकेत गरेका हुन् ।
‘एमाले कणहरूसँग जिज्ञासा: तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुल्होमा बाक्लो दालसहित भात भान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति-ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोना पीडित लाखौंको बिचल्ली र अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?,’ उनकाे प्रश्न छ ।
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
— Baburam Bhattarai (@brb1954) June 6, 2021








