पुष्पतारा केडिया सेवा फाउण्डेशनद्वारा कोभिड फण्डमा आर्थिक सहयोग

काठमाडौं । केडिया अर्गनाइजेसन अन्तर्गत पुष्पतारा केडिया सेवा फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फण्डमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउण्डेशनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास लिएको छ ।

पुष्पतारा केडिया सेवा फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सक्रियताका साथ यस क्षेत्रमा कार्य गर्दै आइरहेको जनाइएको छ ।

यसका साथसाथै पुष्पतारा केडिया सेवा फाउण्डेसनले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै नेपाल चेम्बर अफ कमर्शको कोभिड फण्डमा समेत नगद दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =