५ अर्बमाथिका आयोजना कार्यन्यन गर्न छुट्टै संयन्त्रको तयारी

काठमाडौं । सरकारले ५ अर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना कार्यान्वयन गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले बिहीबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त तयारीबारे बताएका हुन् ।
‘राष्ट्रिय गौरवका, प्राथमिकताप्राप्त र रणनैतिक आयोजनाहरु कार्यान्वयनका लागि छुट्टै मेकानिजम बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘ठूला आयोजना कार्यान्वयनमा लागि नीतिगत सुधार र परिवर्तन गर्न खोजेका छौं । यो संयन्त्र चाँडै कार्यान्वयनमा आउँछ ।’
सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रक्रिया सुरु गरिसकेको उनले बताए । नयाँ आयोजना कार्यान्वयन गर्न टेन्डर प्रक्रिया सुरु गरिसकेको उनले बताए ।
वैदेशिक लगानीमा सञ्चालन हुने गरेका ठूला आयोजनाहरुको कार्यान्वयन हाल लगानी बोर्डबाट भइरहेको सन्दर्भमा सरकारले फेरी अर्को संयन्त्रण बनाउन लागेको हो ।








