नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : डब्लूएचओ

काठमाडौं । नेपालमा कोभिडको नयाँ भेरियन्ट देखिएको भन्ने समाचार प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठनमा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको भन्नेबारे संगठनलाई अवगत नभएको बताएको छ ।

बेलायतबाट प्रकाशित ट्याबलोइड दैनिक डेली मेलले ‘कोरोनाको नयाँ नेपाल भेरियन्ट बेलायती नागरिकको बिदाको दिनका लागि खतरापूर्ण भएको’ भनी समाचार प्रकाशित गरेपछि डब्लुएचओले यसको खण्डन गर्दै यस विषयमा संगठनलाई कुनै जानकारी प्राप्त नभएको जनाएको हो ।

डेली मेललाई उद्धृत गर्दै टेलिग्राफइन्डिपेन्डेन्टले पनि नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस देखिएको र यसले आफ्ना नागरिकलाई जोखिम निम्त्याउने जनाएको छ ।

‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन्,’ बिहीबार फेसबुकमार्फत डब्लूएचओ नेपालले लेखेको छ, ‘तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।’

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =