सुदूरपश्चिम प्रदेशको बजेट अधिबेशन जेठ २१ गते
२०७८ जेठ १९ गते

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिबेशन यही जेठ २१ गते बस्ने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बजेट अधिबेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तै, बैठकले डोटीमा आगलागीबाट घाइते भएका आमाछोरीको उपचारका लागि दुई लाख रुपैयाँ दिने, महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
आजैकाे बैठकले नवनियुक्त मन्त्री जोशीलाई प्रदेश सरकारको प्रबक्तामा नियुक्ति गर्ने निर्णय पनि गरेकाे उनले जानकारी दिइन् ।
२०७८ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








