कोरोना नेगेटिभ आएपनि उज्ज्वल थापाको स्वास्थ्य अवस्था ‘अत्यन्तै जटिल’

काठमाडौं । विवेकशिल नेपाली दलका संस्थापक अध्यक्ष उज्जवल थापाको कोरोना परिक्षणको नतिजा नेगेटिभ आएपनि स्वास्थ्य अवस्थामा कुनै सुधार हुन सकेको छैन ।
पछिल्लो परिक्षणमा कोरानाको परिक्षण नेगेटिभ आएपनि स्वास्थ्य अवस्था ‘अत्यन्तै जटिल’ अवस्थामै रहेको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै विवेकशिल नेपाली पार्टीका एक नेताले जानकारी दिए । ‘डाक्टरहरुले हरसम्भव उपाय अपनाइएपनि स्वास्थ्य अवस्था नाजुक रहेको बताउनुभएको छ’ मेडिसिटी अस्पतालमै रहेका उनले भने ।

कोरोना पोजेटिभ भएपछि अस्पताल भर्ना गरिएका थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । थापाको पछिल्लो परिक्षणमा कोरोना भने नेगेटिभ आएको छ ।

कोरोना संक्रमण भएपछि सुरुमा थापालाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था झनै जटिल भएपछि उनलाई ईसीएमओ प्रविधिबाट थप उपचार गर्न मेडिसिटीमा भर्ना गरिएको हो । तर इसीएमओ प्रविधीले पनि आशा गरेजस्तो काम नगरेको डाक्टरहरुले जनाएकाे उनले बताए ।

उनका शुभचिन्तकहरुले थापाको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् । विवकेशिल साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलगायत नेताहरुले थापाको स्वास्थ्यलाभका लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।

थापाकाे उपचारका लागि नेपाल भित्र तथा बाहिरबाट ५० लाख काे हाराहारीमा सहयाेग रकम संकलन भएकाे विवेकशिल साझा पार्टीले जनाएकाे छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =