मध्यान्तरसम्म नेपाल ४–२ ले पछि
२०७८ जेठ १५ गते

इराकसँगको मैत्रीपूर्ण फुटबलको मध्यान्तरसम्म नेपाल ४–२ ले पछि परेको छ ।
खेलको सातौँ मिनेटमै गोल गर्दै इराकले अग्रता लिएपनि त्यसको अर्को मिनेटमै इराकले आत्मघाति गोल गरेपछि खेल बरारबीमा पुगेको थियो ।
खेलको २९ औ मिनेटमा मनिष डाँगीले गोल गर्दैै नेपाललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिमतिर लगालग २ गोल गर्दै इराकले ३–२ को अग्रता लिएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै इराकले ४–२ को अग्रता बनाउन सफल भयो ।

२०७८ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








