आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने अनुमान

काठमाडौै । सरकारले नयाँ आर्थिक वर्षको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने अनुमान गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अपेक्षा गरिएको बताएका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

विनियोजित कुल बजेटमध्ये चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =