आर्थिक सर्वेक्षण २०७७/७८

सार्वजनिक संस्थान मध्ये २४ नाफामा, १८ घाटामा

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको ४४ सार्वजनिक संस्थान मध्ये आर्थिक वर्ष २०७६/७७ मा १८ ओटा संस्थान घाटामा रहेको देखिएको छ ।

त्यस्तै, २४ ओटा नाफामा र २ संस्थानको कारोबार शूल्य अवस्थामा रहेको देखिएको छ । आर्थिक सर्वेक्षण २०७७/७८ ले यस्तो देखाएको हो । यी सार्वजनिक संस्थानमा नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्व छ ।

सर्वेक्षण अनुसार सञ्चालनमा रहेका संस्थनको कुल सञ्चालन आयमा उक्त आर्थिक वर्षमा ९.३ प्रतिशतले कमी आई ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ पुगेको छ । उक्त आर्थिक वर्षमा संस्थानहरुमा सरकारको सेयर लगानी ६.१७ प्रतिशतले बढेको छ भने ऋण लगानी १९.७९ प्रतिशतले बढेको छ । सेयर र ऋण लगानी गरी उक्त आर्थिक वर्षमा सरकारले संस्थानहरुमा ५ खर्ब १९ अर्ब ५५ करोड २६ लाख रुपैयाँ लगानी गरेको छ ।

सञ्चालनमा रहेका संस्थानबाट सरकारले उक्त आर्थिक वर्षमा १४ अबै ९ करोड ९५ लाख लाभांश प्राप्त गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.८७ प्रतिशतले बढी हो ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा संस्थानहरुबाट सरकारलाई १ खर्ब १३ अर्ब ८८ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल राजस्वमा १४.४ प्रतिशतको योगदान हो ।

यो आर्थिक वर्षमा सार्वजनिक संस्थानहरुको एकीकृत खुद नाफा ४८ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =