सातै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमाथि रहने अनुमान

काठमाडौं । आर्थिक सर्वेक्षण २०७७/७८ ले सातै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमाथि रहने अनुमान गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा कर्णाली र सुदूपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेको थियो । तर, चालू वर्षमा पनि तेस्रो चौमासिकबाट तीव्र गतिमा कोभिड–१९ को दोस्रो लहर फैलिएकोले अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने चुनौतीपूर्ण हुने सर्वेक्षणको अनुमान छ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि २.६ प्रतिशत, उद्योग क्षेत्रको ५ प्रतिशत र सेवा क्षेत्रको ४.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको २५.८, उद्योग क्षेत्रको १३.१ र सेवा क्षेत्रको योगदान ६१.१ प्रतिशत रहने अनुमान गरेको छ।

कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६र७७ मा आर्थिक गतिविधिमा संकुचन आएको भए पनि चालु आर्थिक २०७७र७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेका सर्वेक्षणको दाबी छ ।

चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन(उत्पादकको मूल्यमा) रु. ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने प्रारम्भिक अनुमान रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा आर्थिक गतिबिधिमा सुधार आएकोले स्वास्थ्य सङ्कटको अवस्थामा सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 6 =