प्राइम बैंकद्वारा अक्सिजन सिलिन्डर सहयाेग

काठमाडौं । प्राइम कमर्सियल बैंकले अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको (कोभिड­-१९) महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त बनेको अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रको सेति प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० थान तथा ४० थान अक्सिजन सिलिन्डर वितरण गरेको जनाएको छ ।

स्वास्थ्य सामग्रीहरुको चरम अभाव भई संक्रमित बिरामीहरूको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै बैंकले यस कोरोनाविरुद्धको लडाइँमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

यस्तै वीर अस्पताललाई करिब ३० लाख रुपैयाँ बराबरको पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ्य सामग्रीहरू बैंकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 8 =