सूचनाकर्मीलाई सूचना विभागको कार्ड अनिवार्य

काठमाडौं । सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि सञ्चारकर्मीलाई सूचना विभागको कार्ड अनिवार्य गरेको छ ।

आज (मंगलबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी १४ गतेदेखि कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि सञ्चारकर्मीले सूचना विभागको कार्ड भएमा मात्र बाहिर निस्कन पाइने र नभएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रशासन कार्यालयबाट दिइएको पुराना पासलाई रद्द गरी नयाँ पास बनाइने निर्णय गर्ने र अनुगमनलाई तीव्रता दिनेसमेत निर्णय गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =