गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेटर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाका ग्रामीण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामग्री उपलब्ध गराएको जनाएको छ ।

कोभिड-१९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो ।

ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङग अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =