पूर्वसभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकाेटा

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पूर्वसभामुखहरुसँग परामर्श गर्ने भएका छन् । देशको पछिल्लो राजनीतिक अवस्थाबारे परामर्शका लागि सबै पूर्वसभामुखहरुलाई दिउँसो १ बजेका लागि बाेलाइएकाे सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । परामर्श बजेपछि शुरु हुनेछ ।

गत शुक्रबार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेपछि सभामुख सापकोटाले विज्ञप्ति निकालेर विरोध गरेका थिए । उनले यसका बिरुद्ध एकजुट हुन सबैलाई आग्रह पनि गरेका थिए ।

संसद विघटन नयाँ चुनाब घोषणालगायतको विरोध गर्दै १४६ जना सांसदले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =