प्रदेश १ का सबै नागरिकले खोप पाउँछन् : मुख्यमन्त्री

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप उपलब्ध गराइने बताएका छन् । सबै नागरिकलाई खोप लगाउनका लागि प्रदेश सरकार सबै तबरले जुटेको उनले बताए । मुख्यमन्त्री राईले संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको स्पष्ट पारे ।

विराटनगरमा करुणा फाउन्डेसन नेपालले प्रदेश नं १ सरकारलाई प्रदान गरेको ३० थान अक्सिजन कन्सन्ट्रेटर बुझ्दै उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले खोप व्यवस्थापनमा कुनै कसर बाँकी नराखिने बताए । प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए ।

‘सरकारले नागरिकलाई कोभिडको संक्रमणबाट बचाउन स्रोत र साधनले भ्याएसम्म काम गरिरहेको छ,’ उनले भने, ‘यो संकटका बेला सरकारलाई सबैको साथ चाहिन्छ, सामाजिक संघसंस्थाहरुले पनि सकेको सहयोगको खाँचो छ ।’

करुणा फाउन्डेसनले संखुवासभा, भोजपुर, तेह्रथुमलगायतका ७ जिल्लाका जिल्ला अस्पताललाई ३/३ वटा र कोशी कोभिड अस्पतालका लागि ९ वटा वितरणका लागि अक्सिजन कन्सन्ट्रेटर प्रदेश सरकारलाई उपलब्ध गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =