टेलिकमद्वारा ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ घोषणा

काठमाडौं । नेपाल टेलिकमले कोभिड–१९ उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ ल्याउने भएको छ । कोभिड–१९ को महामारीमा फ्रन्टलाइनमा बसेर बिरामीको सेवामा दिनरात खटिरहेका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्न यस्तो अफर ल्याएको टेलिकमले जनाएको छ ।

टेलिकमले आईतबार उक्त अफर लागू गर्न नेपाल चिकित्सक परिषद, नेपाल नर्सिङ परिषद, नेपाल फर्मासिष्ट परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल आयुर्वेदिक परिषदबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

अफर अन्तर्गत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरिरहेका आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड÷प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने जनाएको छ । त्यस्तै स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गर्ने जनाएको छ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहने जनाएको छ ।

यस्तो सेवा पाउन योग्ने स्वास्थ्यकर्मीको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषदहरुले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपछि यो सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

स्वास्थ्यकर्मीको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषदको आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनु पर्ने जनाएको छ । त्यस्तै, स्वास्थ्यकर्मीको सम्बन्धित परिषदको परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी नेपाल टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गर्न सकिने समेत सुविधा दिएको जनाएको छ । यसरी प्राप्त गरिने नयाँ सिममा उल्लिखित धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश जनाएको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो अफल ल्याइएको र कोरोना महामारीको अवस्था अनुसार अफरको समयअवघि थप समेत हुन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =