माओवादी स्थायी कमिटीकाे आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक दिउँसो ३ बजेपछि पेरिसडाँडामा बस्न लागेको हो । नेता लीलामणि पोखरेलकाअनुसार बैठकमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल चल्ने छ । त्यस्तै, बैठकले संसद् विघटन भएको अवस्थामा कसरी अगाडि बढ्ने रणनीति तय गर्न बताइएको छ ।

यसअघि पाँच दलको सर्वदलीय बैठक बसेको थियो । बैठकले ओलीको कदमलाई गैरसंवैधानिक, गैरलोकतान्त्रिक र प्रतिगमन भएको ठहर गरेको छ । त्यस्तै, १४९ जना सांसदको हस्ताक्षरसहित आइतबार सर्वोच्च अदालत जाने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =