प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा, लोकतन्त्रलाई गम्भीर संकट: पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले संविधानबमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले लोकतन्त्रलाई गम्भीर संकटमा पारेकाे बताएको छ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति निकालेर प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान तथा संसदको हुर्मत लिने र लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम भएको उल्लेख गरेका हुन्।

यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै सम्मानीय राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार भएको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् । संविधानको धारा ७६ ९३० अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ ९५० अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको बिज्ञप्तीमा उल्ललेख छ ।

संविधानमाथि निर्मम प्रहार हुँदा त्यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने राष्ट्रपति संस्थासंग आग्रह गर्दै, प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरसबैलाई असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न पनि महासघले अपलि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =