जाग्यो प्रतिपक्षी
संसद विघटनपछि देउवाले डाके आकस्मिक बैठक
२०७८ जेठ ८ गते

फाइल तस्बिर
काठमाडौं । प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । राष्ट्रपतिले मध्यरातमा संसद भंग गरेपछि सभापति देउवाले आकस्मिक बैठक बोलाएका हुन् ।
नेता रमेश लेखकका अनुसार बैठक बिहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्ने गरी बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि अबको रणनीति तय गर्न बैठक बस्न लागेको लेखकले बताए ।
सभापति देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि आफै छलफल गर्न बुझिएको छ । छलफलको समय भने तय भइसकेको छैन ।
२०७८ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित








