खोप उपलब्ध गराउन बेलायती राजदूतसँग प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग नेपालमा कोभिड-१९ विरुद्धको अस्ट्राजेनेका खोप उपलब्ध गराउन अनुरोध गरेका छन् ।

आज (बिहीबार) राजदूत पोलिटले शिष्टाचार भेटको क्राममा प्रधानमन्त्री ओलीले नेपालको लागि बेलायतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै कोभिड संक्रमणका विरुद्ध अस्ट्राजेनेका कोभिड-१९ खोप उपलब्ध गराउन आग्रह समेत गरेका हुन् ।

‘बेलायतले गरेकाे सहयाेगका लागि प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै नेपाली जनताकाे लागि अस्ट्राजेनेका कोभिड-१९ भ्याक्सिन उपलब्ध गराउन अनुराेधसमेत गर्नुभएको छ ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =