काभ्रेका यी दुई नगरपालिका सिल, सुनसान बनेपा [तस्बिरहरु]

काठमाडौँ । कोभिड-१९ संक्रमण बढ्दै गएपछि काभ्रेका २ नगरपालिका सिल गरिएको छ । संक्रमण समुदायस्तरमा फैलिएको भन्दै बनेपा र नमोबुद्ध नगरपालिका सिल गरिएको हो ।

बनेपा नगरपालिका गएरातिदेखि लागू हुने गरी सिल गरिको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले नगर सिल गर्ने निर्णय गरेको हो । जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गरिएको हो ।

यो अवधिमा औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ ।

नमोबुद्ध नगर क्षेत्र पनि एक साताका लागि सिल गरिएको हो । नगरभित्र कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि आज राति १२ देखि जेठ १२ गते राति १२ बजेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । उक्त अवधिमा खाद्यान्न पसल, तरकारी पसल, दुधजन्य पदार्थ पसल, मासुजन्य पसल, फलफूल पसललगायतका सम्पूर्ण व्यवसायहरु बन्द गरिने जारी सूचनामा उल्लेख छ ।

बैंक, सहकारी, बिमा कम्पनीलगायतका वित्तीय संस्थाहरु पनि बन्द हुनेछन् । अत्यावश्यक सेवा प्रदान गर्ने निजी तथा सार्वजनिक कार्यालय भने सञ्चालन हुनेछन् । नगरपालिकाले अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय र मातहतका कार्यालय बन्द गरिसकेको छ ।

सिल गरिएपछि बनेपा सुनसान देखिएको छ । हेरौं तस्बिरहरु :-

  • सबै तस्बिर : सरोज श्री अधिकारी/बनेपा
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =