नेवि संघद्वारा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने केयूको निर्णयको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेवि संघ)ले काठमाडौं विश्वविद्यालय (केयू) ले झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरलाई कानुनविपरीत सम्बन्धन दिलाउन चिकित्सा शिक्षा आयोगलाई गरेको सिफारिसको विरोध गरेको छ ।

नेवि संघले विज्ञप्ति जारी गरी यस्ता अराजक र कानुनविपरीत गरिएका गतिविधिहरूको सन्दर्भमा कुनै दबाबमा आएर निर्णय नलिन विश्वविद्यालय विश्वविद्यालय प्रशासनलाई सजग गराएको छ ।

‘विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू र चिकित्सा शिक्षा सुधारका अभियन्ताहरुद्वारा चिकित्सा शिक्षा ऐनविपरीतका गतिविधिहरूविरुद्ध पटक–पटक विरोध र आपत्ति हुँदै आएको र सर्वोच्च अदालतमा समेत विचाराधीन सम्बन्धनको विषयमा यसरी विश्वविद्यालयको तथा विश्वविद्यालयका पदाधिकारीको नाम जोडिनु आफैँमा ठूलो दुर्भाग्यको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा ऐन २०७५ को परिच्छेद ५ दफा (१३) उपदफा (६) बमोजिम एउटा विश्वविद्यालयले पाँचभन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था छ तथापी विश्वविद्यालय सभाले कलेजलाई सम्बन्धन दिने निर्णय गरी प्रशासनले आयोगलाई आइतबार पत्र लेख्दै सम्बन्धनमा सहमतिसहित सिट संख्या स्वीकृतिका लागि आग्रह गरेकोमा हाम्रो घोर आपत्ति रहेको छ ।’

त्यस्तै कतैबाट आएको दबाब तथा प्रलोभनका कारण वा स्वेच्छाले कानुन र मर्यादाविपरीत कुनै निर्णय नलिन नेवि संघले काठमाडौं विश्वविद्यालय, विश्वविद्यालय पदाधिकारीहरू तथा चिकित्सा शिक्षा आयोगलाई आग्रह गरेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =