राष्ट्रियसभा उपनिर्वाचन

बादललाई मतदान गर्न एमालेको ह्वीप

काठमाडाैँ । नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न ह्वीप जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले सोमबार बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार एवम् गृहमन्त्री बादललाई मत हाल्न ह्वीप जारी गरेका हुन् ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रामबहादुर थापामगर भएको जानकारी गराइन्छ,’ ह्वीप लगाइएको पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत जेठ ६ गते ९ बजेदेखि दिउँसो ३ बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =