नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माद्वारा एम्बुलेन्स सहयोग

झापा । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले झापामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । झापाबासीको सहजताका लागि डा. शर्माले नोबेल शिक्षण अस्पतालमार्फत बुद्धशान्ति गाउँपालिका–३ स्थित महिला सामुदायिक अस्पताललाई एम्बुलेन्स प्रदान गरेका हुन् ।

नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहेका डा. शर्माले करिब डेढ बर्षअघि पार्टीको जनजागरण अभियानका क्रममा झापामा आयोजित कार्यक्रममा सो क्षेत्रलाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका थिए । सोही अनुरुप डा. शर्माले नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय समिती झापाको सिफारिसमा महिला सामुदायिक अस्पताललाई करिब १३ लाख मूल्य बराबरको एम्बुलेन्स प्रदान गरेका हुन् । एम्बुलेन्स प्रदान गरिएको सो अस्पताल समुदायस्तरबाट महिलाले मात्र सञ्चालन गरेका हुन् । अहिले सो एम्बुलेन्सले कोरोना संक्रमितलाई लक्षित गरी सेवा प्रदान गर्न थालेको छ ।

‘समयमै एम्बुलेन्स नपाउँदा अस्पताल नै पुग्न नपाई विरामीको ज्यान पनि जान सक्छ,’ शर्माले भने, ‘झापा मेरो जन्मभूमि हो, मेरो जन्मभूमिमा यस्तो नहोस् भनेर एम्बुलेन्स दिएको हुँ ।’

डा.शर्मा झापाको दमकस्थित दुम्सेमा जन्मिएका हुन् । विराटनगरमा निजी क्षेत्रबाट पूर्वी नेपालकै सबैभन्दा ठूलो नोबेल अस्पताल सञ्चालन गरेका डा.शर्माले हजारौं गरिब तथा बिपन्न विरामीलाई निःशुल्क उपचार गराइसकेका छन् । अस्पताल सञ्चालन र समाजसेवासँगै राजनीतिमा पनि सक्रिय डा. शर्माले हाल काठमाडौं मेडिकल कलेजको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् ।

डा.शर्माले यसअघि पनि विभिन्न जिल्लामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । उनले कणाली प्रदेशको विकट जिल्ला कालिकोट र पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि एम्बुलेन्स दिएका छन् । मोरङमा मात्रै चार वटा एम्बुलेन्स दिइसकेका छन् । मोरङको पथरीशनिश्चरेमा दुई वटा तथा सुन्दरहरैंचा र रतुवामाईस्थित इटहरामा डा.शर्माले एक÷एक वटा एम्बुलेन्स प्रदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =