निषेधाज्ञामा कडाई, मजदुर उद्योगभित्रै राख्नुपर्ने

विराटनगर । कोरोनाको महामारी बढ्दै जाँदा स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत हुँदै जान थालेको छ । निषेधित क्षेत्र घोषणा गरिएको भएपनि बजारमा चहल पहल नरोकिएपछि कडाईका प्रशासनले थप कडाई गर्दै लगेको हो ।

निषेधाज्ञाको समयमा उद्योगधन्दा तथा ब्यवसाय संचालनमा रहेकोले सर्वसाधारणको आउजाउ बढेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय मोरङले उद्योग तथा ब्यवसायलाई पनि कडाई गर्नेगरि दोश्रो पटक संशोधन गरि निषेधाज्ञा जारी गरेको छ । कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यस्थल परिसरभित्रै बस्ने प्रबन्ध मिलाउनु पर्नेगरि थप कडाई गरिएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङले दोस्रो पटक संसोधन गर्दै जारी गरेको निषेधाज्ञा आदेश अनुसार उद्योगधन्दा चलाउनु पर्दा बाहिरबाट कामदार, मजदुर र कर्मचारीहरु ल्याउन र लैजान नपाउने उल्लेख छ । दैनिक आउजाउनले कोरानाको महामारी फैलनसक्ने अबस्थालाई मध्यनजर राख्दै निषेधाज्ञालाई कडाई गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उद्योगहरुमा धेरै मजदुर तथा कर्मचारीहरु काम गर्ने भएकोले दैनिक रुपमा ओहोरदोहोर गर्दा कोरोना भाइरसको संक्रमण झन फैलिने अवस्था आउनसक्ने भएकोले यस्तो आदेश दिईएको निरौलाले बताए ।निषेधाज्ञाको समयमा स्वास्थ्यकर्मी, डाक्टर, नर्स, दूरसंचार क्षेत्रका कर्मचारी, सरसफाईकर्मी, अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरु, तोकिएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले आफ्नो परिचयपत्रको प्रयोग गरेर कार्यालय आवतजावत गर्नसक्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्था तथा बिमा कम्पनीहरुले नेपाल राष्ट्र बैंक विराटनगरको निर्देशन बमोजिम मात्रै सेवा प्रदान गर्ने, भिडभाड कम गर्न सकेसम्म अन कल सर्भिस, एटीएम र अनलाइन बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन प्रशासनद्धारा जारी निषेधाज्ञामा भनिएको छ ।

दोस्रो चरणको निषेधाज्ञा आज शनिबार राती १२ बजे सकिंदैछ । शुक्रबार जारी तेश्रो चरणको निषेधाज्ञाको नयाँ आदेश आज राती १२ बजेदेखि ११ गते राती १२ बजेसम्म १० दिनका लागु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =