युथ कांग्रेसले सुरु गर्यो ‘कोभिड केयर नेपाल’ एप्लिकेसन
२०७८ वैशाख ३० गते

काठमाडौं । युथ कांग्रेस नेपालले काेराेना भाइरसबाट संक्रमित भएकाहरुका लागि काेभिड केयर नेपाल एप्लिकेसन सार्वजनिक गरेकाे छ ।
यो एप्लिकेसनमा देशैभरका कोभिड अस्पतालहरूको जानकारी पाउनुका साथै आफूलाई पायक पर्ने अस्पताल पत्ता लगाई एप्लिकेसनमार्फत नै सम्पर्क गर्न सकिनेछ ।
यसमा देशै भरका एम्बुलेन्स र चलाकका सम्पर्क नम्बर राखिएको भएकाले सिधै सम्पर्क गर्न सकिने र आपत्कालीन अवस्थाका लागि नजिकैका आइसोलेसन सेन्टर तथा बफर जोनहरु पत्ता लगाउनसमेत सकिने युथ कांग्रेस नेपालले जनाएको छ ।
यसका साथै यसमा डाक्टरहरूबाट होम आइसोलेसनमा रहेका बिरामीहरूका लागि कोभिडसम्बन्धी समस्याहरूबारे परामर्शसमेत पाइने जनाइएको छ ।
२०७८ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित









