गलकोटमा अक्सिजनसहित ११ शय्याको आइसोलेसन

काठमाडौं । गलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शय्याको अक्सिजनसहितको आइसोलेसन निमार्ण गरिएको छ । गलकोट नगर अस्पतालमा कोरोनाको पहिलो चरणको स्थापना गरिएको कोभिड अस्पतालाई स्तरोन्नति गरि अक्सिजन बनाइएको हो ।
जहाँ पाँच शैया मात्रै थियो । नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ११ शय्याको आइसोलेसन बनाएको हो । कोभिड १९ को दोस्रो लहर गलकोटमा पनि तीव्र गतिमा फैलिरहेको भन्दै नगरपालिकाले नगर अस्पतालमा रहेको कोभिड अस्पताललाई स्तरोन्ती गरेको हो ।
अस्पतालमा ११ शय्याको अक्सिजन सहितको आइसाेलेसन निर्माण गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । अस्पतालमा २ जना डाक्टर, १ जना नर्स, १ जना कार्यलय सहयोगी राखिएको गैरेको भनाई छ ।
अस्पतालमा एम्बुलेन्स सहितको सेवाका लागि एम्बुलेन्स चालकको समेत व्यवस्था गरिएको गल्कोट नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष नारायणध्वज मल्लले जानकारी दिए । सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना अस्पताल बनाउने नीति अनुसार गलकोट पनि बनाइएको हो ।
अस्पतालमा कोरोना संक्रमित बिरामीको अवस्था हेरेर उपचार गरिने र बिरामीको थप उपचारको आवश्यक परेमा बाहिर पठाउने नगर अस्पतालका प्रमुख डाक्टर निक्सन ड्गोलले जानकारी दिए । अस्पतालमा अहिले सानो ठूलो गरि १६ वटा अक्सिजन रहेका छन् । अस्पतालमा आवश्यक पर्ने सिलिन्डर दाताहरुबाट सहयोग प्राप्त बताइएको छ ।
५ वटा ठुलो सिलिन्डर मञ्जेश बम मल्लले र अन्य ४ वटा वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, इलाका प्रहरी कार्यलय, व्यवसायी केयरसिंह खत्री, योगेस भण्डारीको सहयोगमा संकलन भएको छ । नगरपालिकाले नगर क्षेत्रमा कोरोनको गति तीव्र रुपमा फैलिरहेकोले सम्पुर्ण नगरबासीमा सचेत रहन आग्रह समेत गरेको छ ।
नगरपालिकाले स्वास्थ्यमा केही समस्या परेमा डाक्टरलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । स्वास्थ्यमा कुनै पनि समस्या आएमा नगरपालिकाले नगरबासीलाई टेलिफोन सेवा पनि दिन थालेको छ । स्वास्थ्य समस्या भए ९८६०१५२३३३, ९८४९०२८२४०, ९८५७६४०७५१, ९८५७६४०७५२ र ९८५७६५६५२९ मा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।








