भेरोसेलको दोस्रो चरणको खोप उपत्यकाका १० पालिकामा लगाइने
२०७८ वैशाख २८ गते

काठमाडौं । सिनोफार्मको भेरोसेल खोप जेठ २ गते काठमाडौंका १० स्थानीय तहमा लगाइने भएको छ ।
मंगलबार सूचना सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय काठमाडौंले उपत्यकाका १० वटा पालिकाका विभिन्न खोपकेन्द्रबाट खोप लगाइने जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयमा २२ गते बसेको बैठकको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र काठमाडौंले २५ गते गरेको निर्णयअनुसार भेरोसेल खोपको दोस्रो मात्रा अभियान सुरु गर्न लागिएको हो ।

२०७८ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित









